रोट्रयाक्ट क्लब रुपन्देहीमा नयाँ समिति चयन, अध्यक्षमा भण्डारी

मिलन पंगेनी
१० असार २०७७, बुधबार ११:४४

बुटवल । रोटा वर्ष २०२०/२१ का लागि रोट्रयाक्ट क्लब अफ रुपन्देहीले नयाँ कार्यसमिती चयन गरेको छ ।

मिलन भण्डारीको अध्यक्षतामा क्लवले २१ सदस्यीय कार्यसमिती सर्वसहमतिमा बिस्तार गरेको हो ।

आरटिआर भण्डारीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीको आईपिपिमा आरटिआर राजेश खरेल, उपाध्यक्षहरुमा आरटिआर तेजेन्द्र कार्की, आरटिआर सन्दिप पाण्डे, आरटिआर अनिल अर्याल र आरटिआर राम प्रकाश पाण्डे त्यसै गरी सचिवमा आरटिआर कमल भण्डारी सह सचिवमा आरटिआर कृष्णा पाण्डे, कोषाध्यक्षमा आरटिआर सुनिल भुसाल र सह कोषाध्यक्षमा आरटिआर शिव पाण्डे चयन हुनु भएको छ ।

क्लब एभिन्यु डाइरेक्टर तर्फ भने क्लव सर्विस डाइरेक्टर आरटिआर शालु पंग्यानी, कम्युनिटी सर्विस डायरेक्टर आरटिआर महेश भण्डारी, प्रोफेसनल डेभलपमेन्ट डाइरेक्टर आरटिआर सन्तोष न्यौपाने, इन्टरनेशनल सर्भिस डाइरेक्टर आरटिआर बल्लभ भण्डारी, पव्लिक रेलेशन अफिसर आरटिआर सन्ध्या खनाल, एडिटर आरटिआर पवि भण्डारी, स्पेशल एरिया प्रोजेक्ट अफिसर आरटिआर अनिश भट्टराई, मीडिया कोडिनेटर आरटिआर मिलन पंगेनी, स्पोर्ट्स कोडिनेटर आरटिआर रमेश पाण्डे चयन हुनु भएको हो ।

त्यसै गरी सर्जेन्ट एट आर्म्समा आरटिआर सन्देश पोख्रेल र सर्जेन्ट एट आर्म्स सेकेण्डमा आरटिआर प्रियंका रिजाल चयन हुनु भएको हो ।

क्लबले रोटा वर्ष २०२०/२१ का लागि सल्लाहकार समितिमा संस्थापक एवम पूर्व अध्यक्ष रोटरीएन प्रकाश गौतमलाई प्रमुख सल्लाहकार रहने गरी पूर्व अध्यक्ष रोटरीएन मनोज भट्टराई, पूर्व अध्यक्ष रोटरीएन हरि पन्थ, पूर्व अध्यक्ष रोटरीएन प्रताप भण्डारी, पूर्व अध्यक्ष रोटरीएन रञ्जित राजभर, पूर्व अध्यक्ष रोटरीएन सुरेश भण्डारी एवं रोटरी क्लब अफ रुपन्देही बर्ष २०र२१ का अध्यक्ष गौतम भुसाल रहनु भएको छ ।

समाज कल्याणका लागि स्वतःस्फुर्त रुपमा कार्य गर्दै आएको रोट्रयाक्ट क्लब अफ रुपन्देहीले आगामी दिनमा थप क्रियाशिल बन्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*