कृषि,जलपर्यटन तथा संस्कृति सम्बर्धन गैडहवा गाँउपालिकाको बटमलाईन : अध्यक्ष केवट

बिन्दु कुमार चौहान
१० असार २०७७, बुधबार १४:३८

लुम्बिनी । रुपन्देहीको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले कृषि, जलपर्यटन तथा संस्कृति सम्बद्र्धन गैडहवा गाँउपालकाको बटमलाईन भएको बताएका छन ।
सो कुरा उनले गैडहवा गाँउपालिकाको आर्थिक बर्ष २०७७ / ०७८ को नीति तथा कार्यक्रम समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

गैडहवा गाँउपालिका अध्यक्ष केवटले गाँउ नै गाँउले भरिएको गैडहवा गाँउपालिकाको आर्थिक तथा भौतिक बिकासका लागि यस पालिका अन्र्तगत रहेको राष्ट्रिय गैडहवाताल र तुलसीहवा ताललाई जलपर्यटनको प्रमुख आधारमानी कृषि, पर्यटन तथा संस्कृति सम्बद्र्धन बटमलाईन बनाई नीति तथा कार्यक्रम तय गरिएको जानकारी गराए ।

उनले अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको काँखमा रहेको राष्ट्रिय गैडहवातालको पहिचान बिश्व भरि फिजाई गैडहवाबासीलाई सम्बद्धिको प्रमुख गंतब्य स्थलको रुपमा बिकास गर्न लक्ष्य राखि सबै नीति तथा कार्यक्रम केन्द्रित रहेको बताए ।
कार्यक्रममा प्रमुख प्रशाषकीय अधिकृत चिरन्जीवी घिमिरेले पालिकाको बटमलाईन सँगै गैडहवाबासीको दैनिक जीवन सँग जोडिएको स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई ,सहकारी भौतिक पूर्बाधार, खेलकूद,मनोरञ्जन,लैङ्गिक समानता ,सामाजिक समाबेशीकरण,सिचाई,भवन,सहरी बिकास, उर्जा,साना जलबिद्युत,सूचना,प्रबिधी,सञ्चार,वातावरण,बिपद ब्यवस्थापन,बन ,भूसंरक्षण,फोहोरमैलाढल ब्यवस्थापन,सुशाषन र सुरक्षालाई दोस्रो प्राथमिकतामा राखिएको बताए ।

सो अवसरमा गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव, वडा अध्यक्ष द्वय रामबेलास यादव,प्रदीपचौधरी, तुलबहादुरपुन लगायतले मक्तब्य बयक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*