नेपालमा थप ६२९ जनामा कोरोना पुष्टी, संक्रमित १०७२८ पुग्यो

खबरपथ संवाददाता
१० असार २०७७, बुधबार २१:१५

काठमाडौं । गएको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोना पुष्टी भएको छ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपमा कोरोना पुष्टी भएको बताएका छन् ।

थप संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ ।  बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ । अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*