कंचनको सातौ गाँउसभा तथा बर्षे अधिवेशन शुरु

बिन्दु कुमार चौहान
१० असार २०७७, बुधबार २१:३७

लुम्बिनी । सुखी र खुशी कंचनबासी भन्ने मूलनाराका साथ रुपन्देहीको कंचनगाँउपालिकाको दुई दिवसीय सातौ गाँउसभा तथा बर्षे अधिवेशन बुधबार देखि शुरु भएको छ ।
गाँउसभा उदघाटन समारोहलाई सम्बोद्धन गर्दै कंचन गाँउपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले बिश्व ब्यापी महामारी कोरोना भाईरस ( कोभिड १९ ) का कारण बिदेशबाट फर्किएका युवाहरुको सीप प्रयोग गरि कंचन गाँउपालिकालाई सम्बृद्धिको बाटोमा अग्रसर गराउने लक्ष्य राखी नीति रहेको बताए ।
उनले कृषि, पशुपालन पर्यटन स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी आर्थिक बर्ष २०७७ /०७८ को ७१ करोड ४५ लाख बजेट नीति माथि बूंदा बूंदामा गहन छलफल पश्चात ठोस तथा महत्वाकाक्षी योजना ल्याउन लागिएको जानकारी गराए ।
कार्यक्रममा कंचन गाँउपालिका उपाध्यक्ष गोमा तरामु मगरले कंचनगाँउपालिकाले ल्याउन लागेको आकर्षक तथा जनपक्षीय नीति , कार्यक्रम तथा योजनाबाट अन्य गाँउ तथा नगरपालिकाले सिको सिक्ने दाबी समेत गरिन ।
सो अवसरमा प्रमुख प्रशाषकीय अधिकृत कृष्ण प्रसादपन्थीले सुशाषन र पारदर्शिताका सम्बन्धमा कंचन गाँउपालिकाको ब्यूउरोक्रेसी एक पाईला अघि सरिकाम गरेको कारण जिल्लामा ख्याती कमाएको बताए ।
बिहिबार बन्द शत्रले पास गरेको बजेट तथा नीति शुक्रवार खुला समारोह मार्फत सार्बननिक गरिने कार्यक्रमतय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*