कृषिमन्त्री पौडेलद्धारा मणिग्राममा फलेको स्याउको निरीक्षण

खबरपथ संवाददाता
११ असार २०७७, बिहीबार १३:४२

रुपन्देही । रुपन्देहीको मणिग्राम स्थित लुम्विनी नर्सरी एण्ड गार्डेनमा लगाईएको स्याउको वोटले फल लगाउन सफल भएपछि जोकोहीलाई अचम्मित र चासोको विषय वन्न पुगेको छ । हिमाली क्षेत्रमा मात्रै पाईने ‘स्याउ’ कसरी अत्यधिक गर्मी हुने ठाउँमा फल्यो भने विषय प्रति प्रदेश सरकारले पनि चासो जगाएको छ ।

बुधवार प्रदेश ५ भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेले स्याउ फलेको लुम्विनी नर्सरी एण्ड गार्डेनको निरिक्षण गर्नुभएको छ ।

मन्त्री पौडेलले निरिक्षण गर्नुका साथै उक्त फलको स्वाद समेत लिनुभएको छ । तराई क्षेत्र अन्र्तगत रुपन्देहीको मणिग्राममा फलेको स्याउको स्वाद चाख्दै , मन्त्री आरती पौडेलले हिमाली क्षेत्र हुम्ला तथा जुल्लामा पाईने स्याउको जस्तै स्वाद रहेको बताउनुभएको छ ।

साथै उहाँले गर्मी स्थानमा स्याउमा फल्ने र फलाउने कुरालाई सोच्न पनि नसक्ने कुरालाई व्यवहारमा नै देखाउन सफल नर्सरीका सञ्चालन रमेश पाण्डेलाई धन्यवाद दिदै, थप व्यवसायिक रुपमा विस्तार गर्न आग्रह गर्नुभएको छ । उहाँले उक्त स्याउ उत्पादनलाई अन्य प्रदेशका जिल्लाहरुमा पनि विस्तार गरिने बताउनु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*