नेपालमा थप ५९३ जनामा कोरोना पुष्टी

खबरपथ संवाददाता
१२ असार २०७७, शुक्रबार २०:००

काठमाण्डौं । नेपालमा शुक्रवार थप ५९३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले वितेको २४ घण्टामा देशभर ५९३ संक्रमित थपिएको जानकारी दिनुभएको छ । थप संक्रमित हुनेहरुमा १०७ महिला र ४८६ जना पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । यो संगै मुलुकभर संक्रमित हुनेको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।
हाल सम्म डिस्चार्ज हुनेको सख्या २ हजार ६ सय ९८ जना पुगेका छन् ।नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सख्या २७ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*