कार दुर्घटनामा परि बुटवलका युवा पत्रकार पाण्डेको निधन

खबरपथ संवाददाता
१४ असार २०७७, आईतवार १३:२०

बुटवल । सवारी दुर्घटनामा परी रुपन्देहीका पत्रकार कृष्ण बाबु पाण्डेले ज्यान गुमाएका छन् । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल/भैरहवा सडक खण्डको तिलोत्तमा १ ड्राइभर टोलमा मध्यराती भएको सवारी दुर्घटनामा परी न्यूज २४ का रिपोटर कृष्ण बाबुले ज्यान गुमाएका हुन् ।

मध्यराती बुटवलदेखि आफ्नो घर ड्राइभरटोलतर्फ जाँदै गर्दा बा ७ च ६९५९ नम्बरको आफैले चलाएको गाडी दुर्घटनामा परी घाईते कृष्ण बाबुलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएको थियो ।

३० वर्षिय कृष्णबाबुको उपचारकै क्रममा शनिबार राती करिब १ बजे अस्पतालमा ज्यान गएको हो । सडक किरानाको फलामे बारमा एक्कासी ठोक्कीन पुग्दा दुर्घटना भएको थियो । पोष्ठमार्टमका लागि शवलाई अहिले लुम्बिनी प्रादेशीक अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

न्यूज २४ को रिपोटर पाण्डे पावर न्यूज नेपालका सञ्चालक पनि हुन भने लामो समयदेखि कलाकारिता क्षेत्रमा पनि सफल थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*