मुख्यमन्त्रीद्धारा राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना ब्यक्त

खबरपथ संवाददाता
१५ असार २०७७, सोमबार ११:१८

बुटवल । प्रदेश ५ का मूख्यमन्त्री शंकरपोख्रेलले राष्ट्रिय धान दिवशको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको छ । सोमबार बिज्ञप्ती मार्फत मुख्यमन्त्री पोख्रेलले समस्त प्रदेशबासी दाजुभाई दिदी बहिनीहरुमा राष्ट्रिय धानदिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्रीद्धारा ब्यक्त शुभकामना सन्देश:

राष्ट्रिय धान दिवसको अवसरमा समस्त किसान दाजुभाइ दिदीबहिनीहरुमा म हार्दिक शुभकामना व्यक्त गर्दछु ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख बाली हो । खाद्यान्न बालीहरुमध्ये धान नेपालको मुख्य एंव आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा महत्वपूर्ण बाली हो । नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको छ ।
कृषिबाट प्राप्त हुने कुल ग्रार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशतत रहेको छ । नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा धान खेती हुँदै आएकोमा क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्याङक छ । जसमध्ये हाम्रो प्रदेश धान उत्पादनमा पहिलो स्थानमा छ ।
धानको व्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एंव धान चामल निर्यात गर्ने रणनीति बनाउँदै प्रदेश सरकार योजनाबद्ध रुपमा अघि बढिरहेको छ । त्यसका लागि खेतीयोग्य भूभागमा सिंचाईको उपलब्धता बढाउँदै जाने, उन्नत जातका बीउबिजन र मलखाद किसानलाई सहज उपलब्ध गराउने एंव यान्त्रिकरणमा जोड दिने नीति प्रदेश सरकारले लिएको छ ।
केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपूर्तिका लागि आयाात गरिरहेको छ । आयातलाई प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउँदै जान आवश्यक छ । धानको उत्पादकत्व र उत्पादन वृद्धि गरी समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैको सार्थक सक्रियताका लागि अपील गर्दछु ।
कोभिड—१९ महामारीले अर्थतन्त्रमा परेको नकरात्मक असरलाई न्युनिकरण गर्न उत्पादन वृद्धिबाट संभव छ । धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धिको नाराका साथ मनाउन लागिएकोे धान दिवसलाई भव्य रुपमा मनाऔं ।

धान दिवस—२०७७ को अवसरमा सबैलाई शुभकामना ।

मुख्यमन्त्री
शंकर पोखरेल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*