गैडहवाको बजेट ५५ करोड ७७ लाख

बिन्दु कुमार चौहान
१७ असार २०७७, बुधबार १२:२५

गैडहवा । कृषि शिक्षा स्वास्थ्य रोजगार ब्यापार,पर्यटन सहितको पूर्बाधार बिकासको आधार भन्ने मूलनाराका साथ आर्थिक बर्ष ०७७/०७८ का लागि ५५ कारोड ७७ लाख ५७ हजार बजेट बिनियोजन गर्दै रुपन्देहीको छैठो गाँउसभा सम्पन्न भएको छ ।
बिनियोजित रकम मध्ये लघु उद्यम बिकास कार्यक्रम शीर्षकमा २५ लाख,राष्ट्रिय ग्रमीण तथा नवीकरण उर्जा कार्यक्रम तर्फ आठ लाख कृषि बिकास कार्यक्रममा आठ लाख ,कृषि बिकास कार्यक्रममा चारलाख पशुसेवा बिभाग ११ लाख तराईमधेश समबृद्धि कार्यक्रममा ४० लाख राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणमा ३७ लाख संस्कृति प्रबद्र्धनमा ३ लाख बजेट छुट्टाएको छ ।
यसै गरि पर्यटन पूर्बाधार बिकास आयोजनामा पाच लाख गरीब घरपरिवार पहिचान तथा परिचयपत्र बितरण कार्यक्रममा २४ लाख ,महिला बालबालिका तथा जेष्ठनागरिक कार्यक्रममा तीनलाख शिक्षामा एक करोड स्वास्थ्यमा ४० लाख एक करोड , प्रधानमन्त्री रोजगार कार्यक्रम ६३ लाख बजेट बिनीयोजन गरेको छ ।
यसै गरि बिशेष अनुदानमा दुई करोड २० लाख सम्पूरक अनुदानमा एक करोड ५६ लाख बजेट बिनीयोजन गरिएको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले जानकारी गराए ।
सो अवसरमा गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव , प्रमुख प्रशाषकीय अधिकृत वडा अध्यक्ष द्वय प्रदीप कुमार चौधरी, भवनराना, तुल बहादर पुन लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*