सुनको मूल्य तोलाको ९१ हजार ७००

खबरपथ संवाददाता
१७ असार २०७७, बुधबार १५:०१

काठमाडौं । नेपाली बजारमा बुधबार छापावाल सुनको मूल्य तोलाको ९१ हजार ७०० रुपैयाँ पुगेको छ । यो  हाल सम्मकै उच्च मूल्य  हो । पछिल्लो दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार बढेर ९१ हजार ७०० रुपैयाँ पुगेको हो ।

संघका अनुसार यसअघि असार १५ मा सबैभन्दा धेरै ९१ हजार ३०० थियो ।

महासंघका अनुसार बुधबार तेजावी सुन तोलामा ९१ हजार २६५ रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ९४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा ९६० रुपैयाँमा कारोबार भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*