प्रधानमन्त्रीको समर्थनमा बुटवलमा प्रदर्शन

खबरपथ संवाददाता
१९ असार २०७७, शुक्रबार १९:४३

बुटवल । प्रदेश–५ को अस्थायी मुकाम बुटवलमा प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा प्रदर्शन भएको छ ।
मदनभण्डारी स्पोर्टस एकेडेमीको अगुवाइमा आयोजित प्रदर्शनमा प्रधानमन्त्रीलाई निर्वाध काम गर्न दिनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

नेकपाका कार्यकर्ताहरुले बुटवलको मिलनचोकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका थिए ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी वैठकमा प्रधानमन्त्री वलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग चर्किए पछि प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष वलीका समर्थकहरुले बुटवलमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका  सहभागीले प्रधानमन्त्रीले पुरा समय निर्वाध रुपमा काम गर्न पाउनुपर्ने भन्दै नारावाजी गरेका थिए ।

प्रदर्शनका  सहभागी कार्यक्रताहरुले भारतिय मतियार होसियार, अस्तिरता हामीलाई चाँहिदैन, सरकार ढाल्न पाईदैन, नागरिता वितरण कडाई गर र लिम्पियाधुरा, लिपुलेक, कालापानी, केपी वली हुन् फर्काउनी लगायतका नाराहरु लगाएका थिए ।

कोणसभामा नेकपाका नेताहरु नर वहादुर घर्ती, धुव्र आचार्य र कमल गौतम लगायत वोलेका थिए । बिहिवार काठमाडौंकाे माईतिघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन शुक्रबार देशका अन्य सहरहरूमा समेत आयाेजना गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*