बुटवलको सुख्खानगरमा वृक्षारोपण

खबरपथ संवाददाता
२१ असार २०७७, आईतवार १६:४९

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं.–८ अन्तर्गतको धर्म सिर्जना टोल विकास संस्थाले धर्मपथ (क) सडकको फुटपाथमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

वृक्षारोपण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई स्वच्छ र हराभरा शहरका रुपमा विकास गर्न प्रत्येक घरले २ बटा विरुवा अनिवार्य रुपमा लगाउनुपर्ने बताउनुभएको थियो । सुवेदीले बुटवल उपमहानगरपालिका नमुना शहर बनाउन सबै टोल विकास संस्थाहरुलाई सक्रिय हुन समेत आग्रह गर्नुभएको थियो ।


कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर श्रेष्ठले वडालाई बुटवलकै नमुना वडा बनाउन आफु निरन्तर लागिरहेको बताउनुभएको थियो ।
टोल विकास संस्थाकी अध्यक्ष पवित्रा ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यगोमा ज्ञवाली, भवानी सुवेदी, गौमती सुनार, इन्जिनियर ज्ञानप्रसादअर्याल, सामाजिक ब्यक्तित्व टिकाराम न्यौपाने, पदमबहादुर श्रेष्ठ, पदमबहादुर पुन, टोल विकास संस्थाकापदाधिकारी, सदस्यतथा सल्लाहकार लगायतको उपस्थिति सम्पन्न भएको कार्यक्रमको सञ्चालन देवकी गिरीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*