सियारीमा नसर्ने रोग सम्बन्धी अभिमुखिकरण

स्वास्थ्य संस्थाबाट ३५ बढि प्रकारका औषधी निःशुल्क
नरेश चौधरी
२३ असार २०७७, मंगलवार १६:४१

सियारी । रुपन्देहीको सियारी गाउँपालिकामा नसर्ने रोगका विषयमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि उच्च रक्तचाप सहित रक्तनली तथा मुटु रोग, मधुमेह, क्यान्सर र दम तथा दिर्घस्वास प्रस्वास सम्बन्धी एक दिने सचेतना मुलक अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

नसर्ने रोगहरु बढ्दै गएको र मृत्युदर बढेका कारण समुदायमा सो रोग बारे जानचेतना फैलाउने उद्देश्यले सो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो । बाताबारण प्रदुसण, निश्कृया जिवन शैलि, अस्वास्थ्यकर खानपिन तथा स्वास्थ्य जनचेतनाको कमिका कारण यस रोग बढिरहेकोले यसलाई घटाउनका लागि प्रदेश तथा संघिय सरकारको सहकार्यमा गाउँपालिकामा विशेष कार्यक्रम गरिने उहाँले बताउनु भयो । अगामी आर्थिक वर्ष भित्र सियारी गाउँपालिकामा डक्टर सहितको स्वास्थ्य सेवा प्रदान गरिने उहाँले बताउनु भयो ।

स्वास्थ्य विना ब्यक्ति, परिवार, समाज र राष्ट्रको विकास हुन नसक्ने भन्दै सियारी बासीहरुलाई स्वास्थ्यबारे जनचेतना दिदै प्रभावकारी स्वास्थ्य सेवा दिनका लागि गाउँपालिका प्रतिवद्ध रहेको गाउँपालिका प्रबक्ता तथा उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।

जनप्रतिनिधि तथा कर्मचारीहरुको सहयोगमा गाउँपालिका भित्रका स्वास्थ्य समास्या, सेवा तथा गुणस्तरलाई सुधार गर्दै जाने गाउँपालिकाका प्रमुख प्रसशाकीय अधिकृत मिन प्रसाद भट्टाराईको भनाई छ ।

स्वास्थ्य जिवन शैलि सुधार, स्वाच्छ वातावरण, खानपिनमा सुधार गर्नसके नसर्ने रोगलाई धेरै मात्रमा कम गर्न सकिने सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बताउनु भयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक रहनु भएका लुम्बिनी प्रादेशिक अस्पताल बुटलका विशेषज्ञ डा। सागर न्यौपानेले रोग लाग्नु भन्द पहिले सचेत रहनु पर्ने कुरा बताउनु भयो । नसर्ने रोगका प्रकार, रोग लाग्ने कारण, लक्षण तथा बच्ने उपाय लगाएतका विषयमा उहाँले प्रशिक्षण दिनु भएको थियो ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, टोल सुधार संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, लगाएतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

३५ भन्दा बढि प्रकारका औषधी निःशुल्क

गाउँपालिकामा विरामीहरुलाई निःशुल्क उपचार तथा औषधी दिने गरिएको छ । अहिले विरामीहरुलाई ३५ भन्दा बढि प्रकारका औषधी निःशुल्क रुपमा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख वुद्धि बहादुर घर्तीले जानकारी दिनु भयो ।

गाउँपालिकामा ५ ओटा स्वास्थ्य चौकी, ३ ओटा स्वास्थ्य इकाई, गाउँघर क्लिनिक तथा खोप केन्द्र १५ ओट, वार्थिङ सेन्टर २ ओटा, ल्याब ३ ओट स्वास्थ्य चौकीबाट सेवा प्रदान गरि रहेको स्वास्थ्य शाखा प्रमुख घर्तीले बताउनु भयो ।

त्यस्तै गर्भवती, सुत्केरी, ७० वर्ष माथिका जेष्ठ नागरिक र अति अशक्त–असहयहरुलाई निःशुल्क ल्याब सेवाका साथै एम्बुलेन्स सेवा गाउँपालिकाले उपलब्ध गराएको छ । गर्भवती भएकाहरुलाई आईरन तथा क्याल्सियम चक्की निःशुल्क वितरण गर्ने गरेको उहाँले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*