लकडाउनमा भोग्नुपरेको पिडामा आधारित लघु(चलचित्र) ‘डोरी’ रिलिज (भिडियो सहित)

खबरपथ संवाददाता
२४ असार २०७७, बुधबार १६:१२

बुटवल  । दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोना भाइरस र लकडाउनको कारण अहिले धेरै नेपालिहरु अप्ठ्यारोमा छन । यस अवधिमा थुप्रै लघु चलचित्रहरु रिलिज भएका छन् ।

जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’को रुपन्देहीमा छायाङ्कन गरिएको छ । ठुलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको भर्खर रिलिज लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो। गित समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा लिइएको छ ।

मुक्ति बाबु , दिपजंग शाही, बिजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय (लक्की) को छायाङ्कन र सम्पादन रहेको छ। यस चलचित्रमा कथा निर्देशक आफैले लेखेका हुन् र गीतमा पनि पाण्डेयको आफ्नै आवाज र शब्द रहेको छ।

लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतिमा लेजेण्ड फिल्म्स युटुब च्यानल बाट रिलिज गरिएको छ । डोरीमा एउटा गाँउको कथा समेटिएको छ। नेपालि जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरि गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ।

लकडाउन पछि ‘डोरी’ भन्ने शिर्षक देख्ने बित्तिकै आत्महत्या गर्नेहरुको कथा हो भन्ने सामान्य बुझाइ रहेपनि यसमा फरक रहेकोले एकपटक हेरेर प्रतिक्रिया दिन आग्रह गरिएको छ।

भिडियो हेर्नुहोस।।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*