गैडहवामा घुम्ती शिक्षा शुरु

बिन्दु कुमार चौहान
२५ असार २०७७, बिहीबार १६:०९

लुम्बिनी । कोभिड १९ शिक्षण सिकाई अन्र्तगत रुपन्देहीको गैडहवा गाँउ पालिकामा घुम्ती पढाई शुरु भएको छ ।
गैडहवा गाँउपालिका स्थित शिक्षा शाखाले दिएको जानकारी अनुसार पालिका अन्र्तगत २२ वटा सामुदायिक बिद्यालय ११ वटा मर्दसा तथा १२ वटा निजी बिद्यालयमा कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई घरघरमा गई घुम्ती पडाई शुरु गरिएको हो ।

शिक्षक शिक्षिकाहरुले बिद्यार्थीका घरमा गई गृहकार्य दिनुका साथै कक्षा १,२ र ३ का छात्रछात्राहरुलाई पुस्तक समेत बितरण गर्न लागिएको शिक्षा शाखा प्रमुख कृष्ण नारायण चौधरीले जानकारी गराए ।


गैडहवा गाँउपालिकाको गाँउ गाँउमा घुम्ती शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सन्तोष जनक नतीजा ल्याउने छात्रछात्रा तथा शिक्षक शिक्षिकाहरुलाई पालिकाद्वारा मुल्याँकन समेत गरिने गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*