देशभर अझै ३ दिन भारी वर्षाको सम्भावना

खबरपथ संवाददाता
२८ असार २०७७, आईतवार ०८:११

काठमाडौं । मुलुकभर अझै ३ दिन भारीवर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन । नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अझै ३ दिन वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका हुन् ।

आउँदो ३ दिन देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।

देशभर  साना ठूला नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्क हुन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले पनि वर्षा भइरहेकाले देशको पूर्वदेखि पश्चिमसम्मका विभिन्न क्षेत्रका ठूला नदीको बहाव सतर्कता तह आसपास रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*