लियो क्लब अफ बुटवल मणिमुकुन्द युथ पदस्थापन सम्पन्न

खबरपथ संवाददाता
२८ असार २०७७, आईतवार १७:५७

बुटवल । लियो क्लब अफ बुटवल मणिमुकुन्द युथको पद हस्तान्तरण कार्यक्रम सनिवार बुटवलमा सम्पन्न भएको छ ।

वर्ष २०१९/२० का अध्यक्ष सन्तोष खरेलले वर्ष २०२०/०२१का अध्यक्ष केशव पराजुलीलाई पद हस्तान्तरण गरेका थिए भने कार्यवाहक सचिव अनुप थापाले वर्ष २०२०/०२१ का सचिव अमृत वस्याललाई माईन्युट हस्तारण गरेका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका संस्थापक अध्यक्ष एवं लायन्स डिस्टिक डिपार्टमेन्ट चिफ कमल थापा क्षेत्रीले क्लवको गतिविधिलाई सामाजिक सेवासंग जोडेर लैजान सुझाव दिए । उनले लायन्स अभियानमा लियोको महत्वपूर्ण भूमिका रहेको बताउदै भूमिकालाई अझै वढाउनु पर्ने बताए ।

कार्यक्रममा लायन्स क्वल अफ बुटवल मणिमुकुन्द युथका अध्यक्ष यदुमणी पोख्रेलले लायन्स र लियो मिलेर क्वलको सामाजिक कार्यलाई अझै उचाईमा लैजान सकिने बताए । लियोका अध्यक्ष पराजुलीले क्लबले स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण कार्य गरेको बताउदै आगामी कार्ययोजनामा स्वास्थ्य शिक्षामा क्वलले प्राथमिकता दिने प्रतिवद्धता जनाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*