लुम्बिनीलाई पूर्ण सरफाई युक्त नगरपालिका घोषणामा जोड

बिन्दु कुमार चौहान
२९ असार २०७७, सोमबार १७:५३

लुम्बिनी  । लकडाउन पछि बुद्धजन्म थलो लुम्बिनीलाई पर्यटकीय सुन्दरनगरी बनाउन लुम्बिनी साास्कृतिक नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका घोषणा गर्नुपर्ने कुरामा जोड दिइएको छ । सो कुरा नगरपालिका स्थित युनीसेफको सहयोगमा खानेपानी तथा सरसफाई शाखा वास द्वारा टोल सुधार समिती पदाधिकारीहरुका लागि पूर्ण सरसफाई अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले जोडदिएका हुन ।


कार्यक्रमलाई सम्बोद्धन गर्दै वास प्रमुख शेषराम यादवले प्रदेश नं. ५ सरकारले सन २ंं०२३ सम्म पूर्ण सरसफाई युक्त प्रदेश घोषणा गर्ने लक्ष्यलाई सार्थक बजाउन लुम्बिनी नगरपालिकालाई पनि पूर्ण सरफाई युक्त बनाउनु पर्ने बताए ।
उनले नगरपालिकामा १ं० हजार ६ सय ५१ घरधूरी मध्ये अझै दुई हजार घर शौचालय बिहीन रहेको हुदा कारण पत्ता लगाई शौचालय निर्माण गर्नका साथै ६ वटा पूर्ण सरसफाई सूचक परिपालना गराउन वातावरण सिर्जना गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष धर्म प्रकाश कुर्मीले वडा देखि नै पूर्ण सरसफाई अभियान सञ्चालन गर्न टोल सुधार समितीलाई सक्रिय बनाउन जरुरी भएको बताए ।
सो अवसरमा वास सहजकर्ता कबिता चौधरी सिद्धार्थ सामाजिक बिकास केन्द्रका ओमप्रकाश बनिया वडा सचिव देवानन्द कुर्मी लगायतले वास प्रतिनिधी गोरखनाथ यादव लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*