लुम्बिनी साँस्कृतिक नगरपालिकाको बजेट ८२ करोड

बिन्दु कुमार चौहान
१ श्रावण २०७७, बिहीबार १०:४०

लुम्बिनी । आर्थिक बर्ष सिद्धिने बेलामा लुम्बिनी साास्कृतिक नगरपालिकाले ८२ करोड ९० लाख ६१ ह्जार पाँचसय ७१ रुपैया बजेट बिनियोजन गर्र्दै पाँचौ नगरसभा सम्पन्न गरेको छ ।
नगरप्रमुख मनमोहन चौधरीको प्रमुख आत्तिथ्तामा उपप्रमख जानकीदेबी श्रीवस्तवले कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन प्रर्बद्धनमा खर्चिने गरि आर्कषक बजेट नीति ल्याइएको जानकारी गराईन ।
जस अन्र्तगत आर्थिक बर्ष २०७७ ्र ०७८ मा संघीय समानीकरण अनुदान तर्फ १८ करोड १९ लाख , ३० करोड ४३ लाख ,१२ करोड ६ लाख ३१ ह्जार पाँचसय ७१ रुपैया अनुमान गरिएको छ ।
त्यसै गरि प्रदेशबाट अनुदान समानीकरण तर्फ ५२ लाख ३० हजार, शसर्त अनुदान तर्फ एक करोड ७८ लाख ५० हजार,राजस्व बाँडफाँड तर्फ एक करोड १२ लाख सात हजार, बिनीयोजन गरिएको छ ।
यसै गरि आन्तरिक स्रोत तर्फ एक करोड ५० हजार,प्रदेश सरकार समपूरक तर्फ दुई करोड,बिशेष अनुदान तर्फ ७० लाख ,सामाजिक सुरक्षा सशर्त कार्यक्रम तर्फ १४ करोड ५० लाख ,सडक बोर्ड तर्फ ३० लाख ,यूनिसेफ वास तर्फ ४० लाख गरि जम्मा ८२ लाख ९० हजार ६१ ह्जार पाँचसय ७१ रुपैया बजेट बिनीयोजन गर्दै नगरभिा सम्पन्न भएको छ ।
नगरसभा समापन समारोहलाई सम्बोद्धन गर्दै नगरप्रमुख मनमोहन चौधरीले लुम्बिनी बिश्वमा प्रसिद्ध भए पनि वरिपरि ग्रामीण क्षेत्र आर्थिक सामाजिक रुपमा पछाडी पारिएको हुदा सीमित स्रोतसाधनलाई प्रयोग गर्दै नगरपालिकालाई अगाडी बढाउनु परिरहेको बताए ।
उनले सीमित स्रोतसाधन भए पनि आफू नगरसेवक बनेर लुम्बिनीको सर्बाङ्गीण बिकास खातिर देश बिदेशबाट भीख माँगेर ल्याृउने प्रतिबद्धता जनाए ।
लुम्बिनी मेयर चौधरीले नगरपरिवारलाई भने— तपाईहरु गाँउगाँउबाट योजना ल्याउनुस पैसा जुटाउने मेरो काम हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*