लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथद्धारा वृक्षरोपण

खबरपथ संवाददाता
४ श्रावण २०७७, आईतवार ११:१३

बुटवल । लायन्स क्ल्क्ब अफ बुटवल मणिमुकुन्द युथले सनिवार बुटवल हिलपार्कमा बृक्षारोपण गरेको छ । बर्षको पहिलो कार्यक्रम अन्तरगत हिलपार्कमा मर्निङ वाकमा निस्कनेहरुको स्वास्थ्यलाई ध्यानमा राखी साझ बिहान कुनै पनि बेला अक्सीज फाल्ने रुखले परिचित निमको विरुवा रोपिएको क्लबका अध्यक्ष यदुमणी पोख्रेलले जानकारी दिए । कार्यक्रममा रिजन चियर पर्सन भरत श्रेष्ठ जोन चियर पर्सन भुपेन्द्र क्षत्री(हरि) ले वृक्षरोपणको महत्वको विषयमा चर्चा गर्दे मानव र वृक्ष विच नङ र मासुको जस्तो सम्वन्ध रहेकाले रुखलाई संरक्षण गर्नु पर्नेमा जोड दिए ।

क्लबका संस्थापक अध्यक्ष एवं डिस्टृक डिपार्टमेन्ट चिफ कमल थापा क्षत्री क्लबका डाइरेक्टर केदार प्रसाद खनाल लगायतले वृक्षरोपण गरिसकेपछि त्यसलाई नियमति मलजल गर्नु पर्ने र त्यसको जिम्मा क्लवका सदस्यहरुले लिने बताए । कार्यक्रममा पुर्ब अध्यक्षहरु क्लबका पदाधिकारीहरुको सहभागिता रहेको सचिव लेखनाथ बस्याल जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*