ईन्नरब्हिल क्लबको पहिलो बोर्ड बैठक सम्पन्न

खबरपथ संवाददाता
६ श्रावण २०७७, मंगलवार ११:११

बुटवल। ईन्नरब्हिल क्लब अफ बुटवलको वर्ष २०२०/२१ को पहिलो वोर्ड तथा २५५ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । बैठकले क्लबको आगामी कार्यक्रमका बारेमा निर्णय गर्नुका साथै विगतको समिक्षा गरेको जनाइएको छ ।
क्लबका नवनिर्वाचित अध्यक्ष शोभा जोशीको अध्यक्षतामा बसेको बैठकले क्लब लेवलको योजना तर्जुमा तालिम तथा हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा तीज मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकले क्लब लेवलको योजना तर्जुमा तालिमका लागि निर्मला श्रेष्ठलाई तथा तीज मिलन कार्यक्रमका लागि अम्बिका श्रेष्ठलाई संयोजक तोकेको अध्यक्ष जोशीले बताउनु भयो ।
बैठकमा क्लबको १७ औ पदहस्तान्तरण तथा १८ औ स्थापन दिवश कार्यक्रमको प्रतिबेदन रुपा भण्डारीले प्रस्तुत गर्नु भएको थियो । बैठकमा क्लबले गरेका कामको बारेमा समिक्षा गर्नुका साथै नया सदस्यताको लागि प्रक्रिया सुरु गर्ने निर्णय भएको जनाइएको छ । बैठकले क्लबका पूर्व अध्यक्ष शान्ता शाक्यको क्लबलाई बुझाउनु पर्ने शुल्क उहालाई सम्मान गर्दै मिनाहा गर्ने निर्णय गरेको अध्यक्ष जोशीले बताउनु भयो ।
बैठकका अवसरमा उच्च शैक्षिक सफलता हासिल गर्ने एवं विभिन्न क्लबहरुमा निर्वाचित हुन सफल ईन्नरब्हिल क्लबका सदस्यका छोरीहरु श्रृष्टि गुरुङ, सोनाली गुरुङ, स्मारिका श्रेष्ठ, त्रिसना श्रेष्ठ, विनिता ज्ञवालीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा ईन्नरब्हिलका डिष्ट्रिक ३५० का निवर्तमान डिष्ट्रिक चेयरमेन समिरा ध्वजु, वर्ष २०१९/२० का अध्यक्ष प्रमिला श्रेष्ठ, पूर्व अध्यक्षहरु भारती जोशी, सरस्वती श्रेष्ठ, क्लब डाइरेक्टर राधिका गुरुङ लगायत बोल्नु भएको थियो । उहाहरुले क्लबले महिलाहरुको क्षमता विकास र उनीहरुलाई आत्मनिर्भर बन्नका लागि प्रेरित गर्ने खालका कार्यक्रमहरु गर्न सुझाव दिनु भएको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष जोशीले क्लबको नियमित कार्यक्रमलाई व्यबस्थित बनाउने र महिलाहरुको क्षमता अभिबृद्धिका साथै शिक्षा, स्वाश्थ्यसहित सामाजिक गतिविधिका कामलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने लक्ष्य लिएको हुदा अग्रजहरुको सधै साथ र सहयोगको आग्रह गर्नु भयो । कार्यक्रमको सञ्चालन सचिव सम्झना ज्ञवालीले, स्वागत मञ्जु श्रेष्ठ र धन्यवाद ज्ञापन गंगा श्रेष्ठले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*