लायन्स क्लब अफ मणिमुकुन्दद्धारा बृक्षारोपण

खबरपथ संवाददाता
६ श्रावण २०७७, मंगलवार ११:५०

बुटवल । लायन्स क्लब अफ मणिमुकुन्दको आयोजनामा बुटवलमा रहेको जनता माध्यमिक विद्यालयमा बृक्षारोपण गरिएको छ ।
क्लबले सामाजिक कार्यक्रम अन्र्तगत विद्यालयको परिषदमा बृक्षारोपण गरेको हो ।
क्लबका अध्यक्ष जेवि गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पुर्व गर्भनर सुनिल प्रसाद ओझाले क्लवले गरेको रचनात्मक कार्यको प्रशंसा गर्नु भयो । उहांले बृक्षारोपणसंगै यसलाई हुर्काउने वढाउने काममा पनि ध्यान दिन आग्रह गर्नु भयो ।
कार्यक्रममा लायन्सका एरिया प्रमुख सन्दिप कौंशधन , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दिकिशोर ढकाल, प्रध्यानाध्यापक आशा बस्नेत, जोन चिरय प्रशन श्रष्टि गुरुङ्ग,  माधब नेपाल , रोशन भण्डारी लगायतले बोलेका थिए । विद्यालय परिषरमा लिचि , आपँ, कपुर , रुद्धाक्ष लगायत जातका विरुवाहरु रोपिएको हो । करिब ८ हजार बराबरको विरुवा रोपिएको क्लबका अध्यक्ष जेवी गुरुङले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*