सामाजिक विकास मन्त्रालयद्धारा हेल्पलाईन सेवा शुभारम्भ

खबरपथ संवाददाता
७ श्रावण २०७७, बुधबार १८:३०

बुटवल । सामाजिक विकास मन्त्रालयले प्रतिकार्य योजना अन्तर्गत स्वास्थ्य आपतकालिन हेल्पलाईन सेवा संचालन गरेको छ । प्राकृतीक तथा गैर प्राकृतिक प्रकोपको क्षती न्यूनिकरण गर्दे नागरिकको जिउधनको संरक्षण गर्न निशुल्क हेल्पलाईन सेवा संचालन गरेको हो ।

सेवाको मंगलवार सामाजिक विकास मन्त्री माननीय सुदर्शन वरालले शुभारम्भ गर्नुहुदै हेल्पलाईन सेवाले आपतकालिन स्वास्थ्य सेवा तथा सामाजिक परामर्स स्वास्थ्य सम्वन्धी अध्यावधिक सूचना जानकारी लिन नागरिकलाई सहजता ल्याउने बताउनु भयो । उहांले प्रदेशमा कोभिड –१९ को प्रभाव न्यूनिकरण हुदै गएको बताउनुहुदै परिक्षण समुदाय स्तरमा पु¥याईएको बताउनु भयो । हेल्पलाईन सेवा प्रभावकारी रुपमा संचालन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुहुदै उहाले छिटो रेस्पोन्स गर्ने मेकानिजम तयार गर्न निर्देशन दिनुभयो ।

मन्त्रालय र स्वास्थ्यको लागि सक्षम प्रणाली आयोजना सहकार्यमा सुरु गरिएको हेल्पलाईनमा कोभिड १९ सम्वन्धी जानकारी तथा परामर्स सेवा दिईने अनिल भट्टराईले जानकारी दिनुभयो । हेल्पलाईन सेवा विहान ७ वजे देखी साझ ७ वजे सम्म दिनको १२ घण्टा संचालन हुने छ । राती ७ वजेदेखि विहान ७ वजे सम्म फोन कललाई रेकर्ड गर्ने संयन्त्रको व्यवस्था मिलाईएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत शैलेन्द्र कुमार पाण्डेले जानकारी दिनु भयो । कोभिड १९ सम्वन्धी परामर्स लगायत अन्य स्वास्थ्य आपतकालिन सेवाको लागि ११८७ वा १६६०७१५२१३० मा फोन सम्पर्क गर्न सक्नुहुन्छ । हेल्पलाईन सेवा अन्तर्गत प्रदेश भित्र वुल्क एसएमएस सर्भिस र आपतकालिन उद्धारको लागि जिपिएस लोकेशन टेकिङ प्रणालीको लागि आवश्यक प्रकृया अघि वढाईएको र यथाशिघ्र सेवा संचालनमा ल्याईन मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*