सुनको मूल्य ९४ हजार ५०० रुपैयाँ पुग्यो

खबरपथ संवाददाता
८ श्रावण २०७७, बिहीबार १२:४२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बिहीबार तोलामा ९४ हजार ५०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ५०० रुपैयाँले बढेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको हो । सुनको मूल्य बढ्ने क्रममा यो हाल सम्म कै उच्च हो ।

यस्तै चाँदी तोलामा ११४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यस अघि बुधबार चाँदी तोलामा ११३५ रुपैयाँमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*