महिला तथा बालबालिकाहरु गुडिया पीटेर मनाए नागपञ्चमी

बिन्दु कुमार चौहान
१० श्रावण २०७७, शनिबार २१:०७

लुम्बिनी । सनातानधर्मालम्बी हिन्दु सामुदायका मधेशी महिला तथा बालबालिकाहरु गुडिया पीटेर धूमधाम सँग परम्परागत चाँड नागपञ्चमी मनाएका छन ।
द्वापर युगमा भगवान श्रीकृष्णले कालीदहमा हाम फल्दा सूतिरहेको नागलाई नागिनले जगाएर युद्धका लागि प्रेरित गरेपछि आत्म समपर्ण गरेका नागलाई दूधलावा र ग्वाल बालबालिका मार्फत नागिनलाई लउरोले पीटन दण्ड दिएको स्मरण गदै लुम्बिनीमा गुडिया पीटेर नागपञ्चमी मनाईएको हो ।


नागपञ्चमीको अवसरमा सुर्यादय पश्चात महिलाहरुले नुहाईधोई गरि भीटमा गई नागदेउतालाई दुधलावा चढाउनुका साथै अपरान्ध कपडाको गुडिया बनाएर महिलवार चौकमा बालबालिकाहरु माफर्त पीटन लगाई हिन्दु परम्परा जोगाएको स्थानीय बीरेन्द्र कुमार मिश्राले जानकारी गराए ।
गुडिया बनाई बालबालिकाहरु सँग पीटन लगाउनकै लागि मधेशी सामुदायका बुहारीहरु नागपञ्चमी अगावै माईत जानुका साथै बिभिन्न कारण बस माईत जान नपाएका बुहारीका लागि गुडिया बनाउन सीधा र कपडा माईतीपक्षबाट पुरयाउने प्रचलन रहेको पत्रकार महासंघ रुपन्देही सदस्य समेत रहेका मिश्राले बताए ।
यसै गरि नागबाट बचाउन गाईको गोबरले घर गोठने र घरको भित्तमा नागदेवताको प्रतिमा समेत बनाउने परम्परा रहेको पाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*