लुम्बिनीलाई पूर्ण सरसफाई युक्त नगरपालिका बनाउन जोड

बिन्दु कुमार चौहान
१३ श्रावण २०७७, मंगलवार २०:४४

लुम्बिनी । कोभिड १९ ( कोरोना भाईरस ) को उच्च जोखिमबाट देशको अर्थतन्त्र धाराशायी भईरहेको बेला अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीलाई पूर्ण सरसफाई युक्त नगरपालिका बनाउनु पर्ने कुरामा जोड दिईएको छ । सो कुरा यूनिसेफको सहयोग लुम्बिनी स्वछन्दता समिती (वास) तथा लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त तत्वाधानमा सुरक्षित पानी स्वास्थ्य जिन्दगानी भन्ने मूल नाराका साथ पानीको गुणस्तर जाँच दिगोपन कार्ययोजना निर्माण अभिमुखीकरण समारोहका बक्ताहरुले जोड दिएका हुन ।

समारोहलाई सम्बोद्धन गर्दै लुम्बिनी साास्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरीले कोरोनाका कारण धाराशायी भएको देशको अर्थतन्त्रलाई लुम्बिनी पर्यटन प्रर्बद्धन मार्फत माथि उकास्न पूर्णसरसफाई युक्त नगरपालिका बनाउनु पर्ने बताए । उनले देश छिटो छरितो कोरोना मुक्त हुन बुद्ध सँग प्रार्थना गर्दै कोरोना समाप्ति पश्चात शान्तिको खोजीमा लुम्बिनी आउने पर्यटक पाहुनाहरुलाई स्वच्छ वातावरणमा लुम्बिनी अवलोकन गराउनुका साथै शुद्धखानेपानी घरघरमा पुरयाउने निर्देश गरे ।

कार्यक्रममा लुम्बिनी नगरस्तरीय वास संयोजक शेषराम यादवले लुम्बिनी नगरबासीको घरघरमा शुद्धपानी पुरयाउन निर्माणाधीन ओभरहेड टयांक नगरपालिकाको मताहतमा दिगो कार्य योजना बनाई अगाडी बढन जरुरी रहेको बताए । सो अवसरमा यूनिसेफ प्रतिनिधी ओमप्रकाश बनिया , लुम्बिनी नगरप्रबक्ता ध्रुव प्रसाद यादव, वडा नं. ३ का वडा अध्यक्ष एकरामुद्दीन मुसलमान लागायतले मक्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*