अन्तराष्ट्रिय बौद्ध समाजद्वारा बाढी पीडितहरुलाई राहत

बिन्दु कुमार चौहान
१३ श्रावण २०७७, मंगलवार २०:५६

लुम्बिनी । अबिरल बर्षाका कारण बाढीपीडित तथा घर भत्किएका अति बिपन्न परिवारहरुलाई राहत बितरण  गरिएको छ । समाजका अध्यक्ष भिक्षु मैत्रेयले दिएको जानकारी अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.२ स्थित ९७ जना भरथापुरबाढी पीडितहरुलाई १० किलोग्राम चामल पाँच किलो आटा दुई किलो दाल एक लीटर खाने तेल दुई पोका नून चार किलो आलुप्याज एक गोटा साबुन समेत बितरण गरिएको हो ।


यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं.९ खुदाबगरस्थित एक सय ८९ जना र लुसाँनपा वडा नं. ५ तेनुहवा स्थित ९५ जना अति गरीबहरुलाई राहत प्रदान गरिएको समाजले जनाएको छ ।  यस अघि पनि सो समाजले लुम्बिनी र भैरहवा गरि अनाथ आश्रममा ११ सय १८ जनालाई राहत बितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*