ट्रंकलाइनविलिङ्गले उद्योगी मारमा, समस्या समाधान गर्न रुपन्देही उद्योग संघको आग्रह

खबरपथ संवाददाता
१५ श्रावण २०७७, बिहीबार २२:०६

बुटवल ।  विद्युत प्राधिकरणले ट्रंक लाइन विलिङ्ग छुट भनी उद्योगीहरुलाई बक्यौता बुझाउन पुनः पत्राचार गरे सँगै बुटवल—भैरहवा क्षेत्रका उद्योगीहरु चिन्तित बनेका छन् । प्राधिकरणले विगतमा लोडसेडिङ्ग व्यवस्थित गर्ने शिलशिलामा उद्योगीहरुको माग र सहमती बिनै एकलौटी ढंगबाट ट्रंक लाइन जडान गरिदिएको र हालसम्म उद्योगीहरुले साधारण विलिङ्ग बमोजिम महशुल भुक्तानी गर्दै आइरहेता पनि २०७२ सालदेखिको बक्यौता बुझाउन पत्राचार गरिनुले उद्योगीहरुमाथी अन्याय भएको उद्योगीहरुले बताएका छन् । बुधबार रुपन्देही उद्योग संघमा आयोजित एक छलफलमा उद्योगीहरुले आफुहरु माथी अन्याय हुन लागेकोमा समस्या समाधानका लागि पहल गर्न रुपन्देही उद्योग संघसँग आग्रह गरेका छन् ।
संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न छलफलले प्राधिकरणले आफ्नो एकलौटी ढंगबाट लाखौं रुपैयाँ बक्यौता भनी पत्राचार गरिनु उद्योगी माथिको प्रहार भएको निचोड निकालेको छ र यस्तो अवस्था रहेमा बुटवल भैरहवाका विभिन्न क्षेत्रमा संचालन भएका प्रभावित उद्योगहरु बन्द हुने सम्भावना समेत रहेकोले समस्या समाधानका लागि यथाशक्य पहल गर्ने संघका अध्यक्ष बोहोराले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
सरकारले लोडसेडिङ्ग पूर्ण रुपमा मुक्त भएको घोषणा गरिसक्दा समेत प्राधिकरणले हालसम्म पनि सोही अनुरुप ट्रंकलाइन महशुल असुल उपर नगर्न र प्राधिकरणले मनोमानी ढंगबाट एकाधिकारको गलत प्रयोग नगर्न समेत रुपन्देही उद्योग संघले आग्रह गरेको छ । संघले  समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा समेत प्राधिकरणले चासो नदिनुले उद्योग प्रति प्राधिकरणको भूमिका सकारात्मक हुन नसेकोमा संघ गम्भिर बनेको बताउँदै तत्काल उद्योगका समस्या समाधान गर्न संघका अध्यक्ष बाबुराम बोहोराले अनुरोध गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*