दुई लाख घुससहित राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पक्राउ

खबरपथ संवाददाता
२० श्रावण २०७७, मंगलवार १९:३९

बुटवल । गुट्का व्यापारीसंग घुस लिँदै गर्दा राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत बिजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ । राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झा संग घुस वापत २ लाख रुपैंया लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका वडा नं. १३ बुद्धचोकबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राना सहित घुस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ । बिशेष सुराकीको आधारमा घुस लिने र दिने दुबैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो ।
पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान सुरु गरिएको पनि उहाँले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*