प्रदेश पाँच नेपाली काँग्रेस संसदीय दलको नेतामा बिरेन्द्रकुमार कनौडिया चयन

खबरपथ संवाददाता
२० श्रावण २०७७, मंगलवार १९:४१

बुटवल । नेपाली काँग्रेसले प्रदेश पाँचमा संसदीय दलको नेतामा बिरेन्द्रकुमार कनौडियालाई चयन गरेको छ । प्रदेश सभामा प्रमुख बिपक्षि दल नेपाली काँग्रेस संसदीय दलको बैठकले सर्वसम्मत रुपमा कपिलबस्तुको क्षेत्र नं. ३ (ख)बाट निर्वाचित कनौडियालाई चयन गरेको हो ।
संसदीय दलका नेता बलदेव शर्माको गत माघ ८ गते मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बन्नुभएको थियो । कनौडियालाई संसदीय दलको नेता चयन गर्नका लागि प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव गर्नुभएको थियो भने लेखा समितिका सभापति समेत रहनुभएका डिल्लीबहादुर चौधरीले समर्थन गर्नुभएको थियो ।
प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको प्रदेश सभाको प्रमुख सचेतकमा चयन भएपछि कनौडियाले अव प्रदेश सभामा प्रमुख बिपक्षी दलको भूमिका प्रभावकारी बनाउने प्रतिकृया दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*