फूस मुक्त अभियान गैडहवा शुभारम्भ

बिन्दु कुमार चौहान
२१ श्रावण २०७७, बुधबार ०८:३१

गैडहवा । अन्र्तराष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको काँखमा रहेको रुपन्दैहीको गैडहवा गाँउपालिकामा मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्र्तगत गैडहवा फूस मुक्त अभियान शुभारम्भ भएको छ ।
सो कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७६/०७७ मा प्रदेश नं. ५ सरकारबाट बिनीयोजित रकम रु.४५ लाखको लागतमा प्रत्येक वडामा २० जना अति बिपन्न परिवारलाई १० थान जस्तापाता बितरण गरि फूसको घर बिस्थापित गर्ने अभियान शुभारम्भ गरिएको हो ।
जस्तापाता बितरण कार्यक्रम सिफारिस तथा कार्यन्वयन समिती सदस्य एवं उपभोक्ता समिती संयोजक महादेव उपाध्यायले प्रदेश सरकारको योजना फूसको घर बिस्थापित गर्ने चाहना बमोजिम समिती मार्फत घरदैलो कार्यक्रम गरि जस्तापाता बितरण गर्न थालिएको जानकारी गराए ।
मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम मार्फत फूसको घर बिस्थापित गर्ने सपनालाई साकार पारेको गैडहवा गाँउपालिका अध्यक्ष बच्चुलाल केवटले अभियानलाई सफल बनाउन सरोकारवाला सँग आग्रह समेत गरे
सो अवसरमा नेकपा सचिव चन्द्रबहादुर घर्तीमगर,गैडहवा गाँउपालिका उपाध्यक्ष शुभावती यादव, वडाअध्यक्ष द्वय प्रदीपचौधरी,टेकबहादुरथापा लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*