बुटवलको कोरोना बिशेष अस्पतालमा २ जनाको मृत्यु

खबरपथ संवाददाता
२८ श्रावण २०७७, बुधबार १४:५२

बुटवल । बुटवलको कोरोना बिषेश अस्पतालमा २ जनाको मृत्यु भएको छ । उपचारको लागि आइसोलेसनमा भर्ना भएका कपिलबस्तु २ तौलिहवाका ४२ बर्षिय र कपिलबस्तु कृष्णनगरका २५ बर्षिय पुरुषको उपचारको क्रममा गएराती मृत्यु भएको अस्पतालका फोकल पर्सन डाक्टर सुर्दशन थापाले जानकारी दिनुभयो ।

४२ बर्षिय पुरुष साउन २३ गते र २५ बर्षिय २५ गते आइसोलेसनमा भर्ना भएका थिए । मृतक ४२ बर्षियामा कोरोना पुष्टि भएको थियो । तर २५ बर्षिय पुरुषको भने स्वाव परीक्षणको रिर्पोट आउन बाँकी रहेको अस्पतालले बताएको छ । दुबै जनालाई अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

मृतक मध्ये २५ बर्षिय केहिदिन अघि भारतको मुम्बईबाट नेपाल आएका थिए । ४२ बर्षिय पुरुषमा श्वासप्रश्वासको समस्या थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*