बुटवल भदौ ५ सम्म पूर्णरूपमा लकडाउन हुने

खबरपथ संवाददाता
२९ श्रावण २०७७, बिहीबार १२:०५

बुटवल । बुटवल उपमहानगर क्षेत्रभित्र बिहीबार राती ११ः ४५ बजेदेखि देखि भदौ ५ गते राती ११ः४५ सम्म पूर्ण लकडाउन हुने भएको छ।
बुटवल उपमहानगरको बैठकले भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले जानकारी दिनुभयो।
उहाका अनुसार बुटवल भित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्म मात्रै खुल्न पाउने छन् । दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन्।
सार्वजनिक र निजी सवारी पनि बन्द गरिएको छ। तरकारी बोक्ने गाडीहरु पनि परिचय पत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ। होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न नगरपालिकाले निर्देशन दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*