बुटवलमा एक कोरोना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
३१ श्रावण २०७७, शनिबार १७:२३

बुटवल । बुटवलमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु–७ का ४२ बर्षिय कोरोना संक्रमित एक पुरुषकोे शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवल स्थित प्रादेशिक अस्पतालमा रहेको ‘एक्सपर्ट एक्सप्रेस सार्स कोभ–२’ प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको अस्पतालका मेडिसिन डिपार्टमेन्ट प्रमुख डा. सुदर्शन थापाले बताउनु भयो ।

उनलाई स्वास प्रश्वासमा समस्या देखिएपछि उपचारका लागी तिन दिन अघि अस्पताल भर्ना गरिएको थियो । उनको फोक्सोमा समस्या देखिएपछि अस्पतालको आईसीयुमा उपचार भईरहेको थियो ।

यस अघि पनि कपिलवस्तुका एक जना कोरोना संक्रमितको उपचारकै क्रममा बुटवलमा मृत्यु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*