कोरोनाका कारण बुटवल र तिलोत्तमाका बैङ्क तथा बित्तिय संस्थाको सेवा बन्द

खबरपथ संवाददाता
३२ श्रावण २०७७, आईतवार १७:००

बुटवल । कोरोना भाईरसको जोखिम समुदाय स्तरमा बढेका कारण  बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकाले बैंक तथा बित्तिय संस्थाका सेवा बन्द गरेका छन् ।


बुटवल उपमहानगरपालिकाले कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी  गत २९ गते देखि लकडाउन गरेको थियो । त्यसै गरी कोरोना भाईरसको संक्रमण बढ्दै गए पछि बुटवल उपनगरपालिकाले भदौ ५ गते र तिलोत्तमा नगरपालिकाले भदौ १० सम्म बैंक तथा बित्तिय संस्थाहरु र सहकारीलाई समेत नगद कारोवार बन्द गर्न अनुरोध गरेको हो ।

त्यसैगरी रुपन्देहीको सैनामैना नगरपालिकाले भदौ १ गते सोमबार राती १२ बजे देखि भदौ ७ गते राती १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

आईतबार बुटवल उपमहानगरपालिकामा १६ जना कोरोना संक्रमित थपिएका छन् । बुटवल उपमहानगरपालिकाको कार्यालयमा कार्यरत तीन जना अधिकृत सहित आईतबार बुटवलमा १६ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ८० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*