तिलोत्तमामा भदौ १० सम्म पूर्णलकडाउन गर्ने निर्णय

खबरपथ संवाददाता
२ भाद्र २०७७, मंगलवार १३:४२

तिलोत्तमा । कोरोना संक्रमण कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पूर्ण लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना समुदायस्तरमा फैलिएको कारण भदौ ३ गते साँझ ७ बजे देखि भदौ १० गते साँझ ७ बजे सम्मका लागी पूर्ण लकडाउन गर्ने निर्णय गरिएको तिलोत्तमा नगरपालिकाका प्रबक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

लकडाउनको अबधिमा दुग्ध डेरी डिपो बिहान ६ बजेदेखि ८ बजे सम्म सञ्चालन गर्न पाउने त्यसबाहेक सबै प्रकारका व्यबसाय , उद्योगधन्दा , कलकारखाना , निर्माण कार्य , बैङक तथा बित्तिय संस्था , सरकारी तथा गैरसरकारी संघ सस्थाका कार्यालय , सम्पूर्ण सवारीका साधन तथा साइकल समेत पूर्ण रुपमा बन्द गरिएको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि नगरको कोरोना संक्रमण रोकथाम तथा संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पूर्ण लकडाउन गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*