भदौ ७ सम्म रुपन्देहीमा निषेधाज्ञा

खबरपथ संवाददाता
२ भाद्र २०७७, मंगलवार १७:२२

बुटवल । विश्वब्यापी फैलिरहेको कारोना भाईरसको महामारी समुदायस्तरमा फैलिदै गएपछि रुपन्देही  जिल्ला प्रशासन कार्यालयलद्धारा निषेधाज्ञा जारी गरिएकोे छ ।

जिल्ला संकट ब्यवस्थापन केन्द्र रुपन्देहीको मंगलबार बसेको बैठकले जनस्वास्थ्यमा पर्न सक्ने गम्भीर असरलाई मध्य नजर गर्दे कोरोना रोकथाम तथा नियन्त्रणका लागी आजै देखि लागू हुने गरी आगामी भदौ ७ गते राती १२ बजे सम्मका लागी निषेधाज्ञा जारी गरिएकोे छ ।

बैठक पश्चात एक आदेश जारी गर्दै जिल्लामा अत्यावश्यक बाहेकका गतिविधिहरु सञ्चालन गर्न नमिल्ने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*