राष्ट्रकवि घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै

खबरपथ संवाददाता
३ भाद्र २०७७, बुधबार ११:४४

काठमाण्डौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण  गर्नुभएको छ । आज विहान राष्ट्रकवि घिमिरेकै निवासमा पुगेर पोखरेलले राष्ट्रिय झण्डा ओढाउनु भएको हो ।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।

राष्ट्रकवि घिमिरेको जन्म वि. सं.१९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*