राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्यष्टि

खबरपथ संवाददाता
३ भाद्र २०७७, बुधबार १३:५१

काठमाडौँ । स्वर्गिय राष्ट्रकवि माधव प्रसाद घिमिरेको  अन्त्यष्टि गरिएको छ । बुधवार पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ स्वर्गीय राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको हो ।

पशुपति आर्यघाटमा राष्ट्रकवि घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । राष्ट्रकवि घिमिरे नेपाली सेनाका मानार्थ सहायक रथी समेत रहनु भएको थियो ।

बुधबार नै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धान्जली अपर्ण गर्नुभएको थियो । साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरेको निवास  पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो।

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै घरमा निधन भएको थियो ।
राष्ट्रकवि घिमिरेको जन्म वि. सं.१९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*