२४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
३ भाद्र २०७७, बुधबार १७:१९

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १५९ जना सहित देशभर ६८१ जनामा कोरोना पुष्टि भएको छ । यस सँगै मुलुकभर कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ । त्यसैगरी देशभर कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ६ जनाको मृत्यु भए सँगै कुल मृतकको संख्या १२० पुगेको जानकारी दिनदिनुभयो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमण मुक्त भएका छन भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*