बुटवलको कोरोना अस्पतालमा थप एकको मृत्यु

खबरपथ संवाददाता
५ भाद्र २०७७, शुक्रबार १३:३१

बुटवल । बुटवलको कोरोना बिशेष अस्पताल धागोकारखानामा थप १ जना कोरोना संक्रमितको मत्यु भएको छ । शुक्रबार बिहान प्यूठान स्वर्गद्धारी ७ का ६४ बर्षिया पुरुषको आईसियूमा उपचारका क्रममा मृत्य भएको अस्पतालका फोकल पर्सन सुदर्शन थापाले जानकारी दिनुभयो ।

भदौ १ गते अस्पतालमा भर्ना भएका ती पुरुषमा कोरोना संक्रमणसंगै ज्वरो , दम , उच्चरक्क्तचाप लगायतका समस्या रहेको फोकल पर्सन थापाले बताउनुभयो ।

उनी साउनको अन्तिम साता भारतबाट आएका थिए । यो संगै बुटवलको कोरोना अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या ३ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*