रुपन्देहीमा जारी निषेधआज्ञा भदौ १४ सम्म थपिंदै

खबरपथ संवाददाता
७ भाद्र २०७७, आईतवार १५:५०

बुटवल । रुपन्देहीमा जारी निषेधआज्ञा थप एक साताका लागी थपिने भएको छ ।

जिल्ला स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र (सिमसिसि) को आईतबार अपरान्ह बसेको बैठकले भदौ १४ गते राती १२ बजेसम्म निषेध आज्ञा अवधी थप गर्नका लागी जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेको छ ।

जिल्ला स्तरीय कोरोना नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले कोरोना भाइृरस संक्रमण तथा रोकथामका लागी जारी गरिएको लकडाउनलाई प्रभावकारी बनाउन case Investigation and Contact Tracing को दायरा बढाउने साथै सबै स्वास्थ्य मापदण्ड पालना गर्ने सम्बन्धमा समुदाय स्तरमा जनचेतना बृद्धिका लागी प्रचारप्रसार गर्ने निर्णय गरेको छ ।

यस अघि भदौ ७ गते राती १२ बजे सम्मका लागी जारी गरिएको निषेधआज्ञा आज सकिदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*