बुटवलको कोरोना अस्पतालमा २ जना संक्रमितको मृत्यु

खबरपथ संवाददाता
७ भाद्र २०७७, आईतवार १७:०३

बुटवल । बुटवलको कारोना अस्पतालमा २ जना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल १ की ६७ बर्षिय महिला र रुपन्देही सम्मरीमाई  वार्ड नंं. २ मुडुलाका ३८ बर्षिय पुरुषको मृत्यु भएको हो ।

६७ बर्षिय महिलामा गत साउन ३१ गते कोरोना देखिएपछि लुम्बिनी अञ्चल अस्पताल भर्ना हुनु भएको थियो । उहाँलाई श्वास प्रश्वास, प्रेसर , मृगौला र दिर्घ रोगको समस्या रहेकोे अस्पतालले जनाएको छ ।

त्यसै गरी सम्मरीमाईका ३८ बषिय संक्रमित पुरुषमा श्वाशप्रश्वासको समस्या देखिए पछि भदौ १ गते अस्पताल भर्ना गरिएको थियो । दुबै जनाको भेन्टिलेटरमा उपचारका क्रममा आज दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*