बितेको २४ घण्टामा देशभर ८१८ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
७ भाद्र २०७७, आईतवार २१:२९

काठमाडौँ । बितेको २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित  प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले नेपालमा कूल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको बतााउनुभएको छ ।
त्यस्तै गरी  २४ घन्टामा २८१ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १८ हजार ६३१ पुगेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।त्यस्तै गरी  थप ३ जनाको मृत्यु भएको छ यससंगै नेपालमा आइतबार कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*