नेपाल पत्रकार महासंघका अध्यक्ष आचार्यद्वारा स्वर्गीय बानियाँको गृह जिल्ला पुगेर समवेदना प्रकट

खबरपथ संवाददाता
७ भाद्र २०७७, आईतवार २२:०९

तनहुँ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले आज महासंघका पूर्वसचिव वरिष्ठ पत्रकार स्वर्गीय बलराम बानियाँको तेह्रौं पुण्यतिथिका दिन स्व. बानियाँको गृह जिल्ला तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङ्ग गाउँको बानिया टोल पुगेर समवेदना प्रकट गर्नु भएको छ ।

सो क्रममा अध्यक्ष आचार्यले नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले पठाएको सहयोग रु. ४ लाख ३१ हजार ९ सय ५१ रुपियाँ स्वर्गीय बलराम बानियाँको पारिवारिक सदस्यलाई हस्तान्तरण गर्नुभएको छ । साथै, अध्यक्ष आचार्यले महासंघ केन्द्र, प्रदेश र तनहुँ शाखाको तर्फबाट समवेदनापत्र पनि परिवारलाई हस्तान्तरण गनुभएको थियो ।

समवेदना प्रकट गर्न महासंघ अध्यक्ष आचार्य र प्रेस काउन्सिलका अध्यक्षसहितका टोली सहभागी हुनुहुन्थ्यो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*