बुटवलमा कोरोना संक्रमितको प्लाज्मा थेरापी शुरु

खबरपथ संवाददाता
८ भाद्र २०७७, सोमबार १५:५७

बुटवल । बुटवलमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापीद्धारा उपचार शुरु गरिएको छ ।
बुटवलको धागोकारखाना स्थित कोरोना बिशेष अस्पतालमा आजबाट प्लाज्मा थेरापीद्धारा उपचार शुरु गरिएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।

कोरोना संक्रमित भएर निको भएका बिरामीको रगतबाट प्लाज्मा छुट्याएर गम्भीर संक्रमित बिरामीलाई दिने प्रक्रियालाई प्लाज्मा थेरापी भनिन्छ । यो विधिले रोगप्रतिरोधी क्षमता विकास भएका मानिसको रगतमा भएको प्लाज्मा बिरामीको शरीरमा पठाई रोगविरुद्ध लड्न सक्ने बनाउने बताइन्छ ।

प्रदेश नं. ५ मा पहिलो पटक यो उपचार पद्धतिद्धारा उपचार शुरु भएको हो । बुटवलको कोरोना विशेष अस्पतालमा १६ जना बिरामी आईसीयूमा र २३ जना बिरामी आइसोलेसनमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*