पछिल्लो २४ घण्टामा मुलुकभर ७४३ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
८ भाद्र २०७७, सोमबार १७:०४

काठमाण्डौं । पछिल्लो २४ घण्टामा मुलुकभर ७४३ जनामा कोरोना पुष्टि भएको छ । यससंगै देशभर संक्रमित हुनेको संख्या ३२ हजार ६७८ पुगेको जनस्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमले नियमित मिडिया बिफ्रिङ्गका क्रममा जानकारी दिनुभयो ।

डा. गौतमका अनुसार थप संक्रमितहुनेहरुमा काठमाण्डौं उपत्यकांमा २२४ जनामा कोरोना पुष्टी भएको बताउनुभएको छ । त्यसैगरी डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५७ जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको संख्या १८ हजार ८०६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका ४ , काठमाण्डौंका १ , पर्साका १ , मोरङ्गका १ , सुनसरीका १ जना गरी ८ जनाको मुत्यु भएकोे छ । यससंगै मृतकको संख्या १५७ पुगेकोे डा. गौतमले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*