रुपन्देहीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

खबरपथ संवाददाता
९ भाद्र २०७७, मंगलवार १३:१८

बुटवल । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
उनको भीम अस्पतालमा सोमबार राति उपचारका क्रममा मृत्यु भएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवी घिमिरेले बताउनुभयो ।

उनी एक हप्ता अघि छतबाट लडेर टाउकोमा चोट लागेका कारण उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज गएका थिए । टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो।

यो संगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*