पत्रकार रायमाझीलाई पत्नीशोक

खबरपथ संवाददाता
९ भाद्र २०७७, मंगलवार १४:१२

बुटवल । पाल्पाको मुक्तिनाथ एफ.एम.का स्टेशन म्यानेजर तथा क्रियाशिल पत्रकार भुवन रायमाझीलाई पत्नीशोक परेको छ । उनकी पत्नी भवानी कार्की रायमाझीको मंगलबार बिहान असमायिक निधन भएको हो । रैनादेवी छहरा गाउँपालिका–४ अमलावास पाल्पा आफ्नै घरमा विहान ३स्१५ मिनेट जाँदा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी लामो समयदेखि अस्वस्थ रहेकी थिइन् । उनकी एक छोरी छन् । मृतक भवानी रायमाझीको आजै गुल्मीको रिडीमा अन्त्येष्टि गरिएको छ । पत्नीशोकमा परेका पत्रकार भुुवन रायमाझी पाल्पामा रहेर विभिन्न संचारमाध्यमहरुमा कार्यरत रहेका छन् । उनी नेपाल पर्यटन पत्रकार महासंघ प्रदेश नंं.५ का सचिव हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*