उपत्यकामा निषेधआज्ञा एक साता थप गर्ने निर्णय

खबरपथ संवाददाता
१० भाद्र २०७७, बुधबार १२:१९

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधआज्ञा एक साता थप गर्ने निर्णय गरेको छ । काठमाडौ, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले उपत्यकामा संक्रमणदर बढ्दो अवस्थामा रहेको निष्कर्ष निकाल्दै भदौ १७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे बताउनुभयो ।
मंगलबार जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)  र काठमाडौंका मेयरहरुबीच भएको छलफलले निषेधाज्ञा बढाउन सुझाव दिएको थियो ।
यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो ।

निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको काम बाहेक बाहिर निस्कन पाइने छैन । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*